गुल्मीका स्थानीय तहको एक करोडभन्दा बढी सहयोग
gorkhapatraonline.com · Mon Sep 07 12:43:11 GMT 2026

गुल्मीका स्थानीय तहले रसुवालगायका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी सहयोग गर्ने भएका छन्। यस जिल्लाका स्थानीय तहहरुले कार्यपालिकाबाट निर्णय गरी विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतको पारिश्रमिकबाट सहयोग गर्न लागेका हुन्।
यहाँका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये ११ स्थानीय तहले हालसम्म एक करोड ४९ लाख ६१ हजार ४३ रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका छन्। यता, छत्रकोट गाउँपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतको पारिश्रमिकबाट सहयोग सङ्कलन गरेर पठाउने भएको छ। यहाँका सूचना अधिकारी हरि टण्डनका अनुसार कार्यपालिकाको निर्णयबाट यो महिनाको अन्तिमसम्म सहयोग कोषमा जम्मा गरिनेछ।
Read full story at source (gorkhapatraonline.com)