‘संसारमै प्रलय आएजस्तै लाग्यो, दुई सेकेन्डले बाँचे’
gorkhapatraonline.com · Mon Sep 07 12:43:35 GMT 2026

रसुवाको टिमुरे भन्सारस्थित खाद्यन्न पसलमा सधैँझैँ नियमित कर्ममा व्यस्त हुनुहुन्थ्यो रामप्रसाद जैशी । भदौ १० गते बिहान लगभग ८ः३० तिर नजिकैको पाखा छेउमा ठुलो वेगमा धूवाँ–धूलो निस्कयो । “के हो भनेर हामी त्यतातिर हेर्न लाग्यौँ । हावाहुरीसँगै ठुला–ठुला पातहरु, झ्याल ढोकाका पाताहरु, एउटा गाडी नै उडाएर मेरो दोकानको माथि फाल्यो” उहाँले भन्नुभयो ।
पसलमा साथीसँग गफ गरिरहनुभएका रामप्रसाद पसलको सटर तानेर जीवन रक्षाका लागि माथितिर दौडनुभयो । “तलतिरको घरमा ढुङ्गा माटोको टुक्राहरु हावासँगै यति वेगमा थियो, त्यसको आवाज जोडले आएकोले मलाई त संसार नै प्रलय हुने हो कि जस्तो लाग्यो । त्यतिखेर, मेरो दिमागले काम नै गरेन” उहाँले भन्नुभयो, “त्यहाँबाट म केही पर माथि दौडें । म माथि पुगिसकेपछि पानी र लेदो आयो । मेरो खुट्टासम्म फाल्यो । दुई सेकेण्ड ढिला भएको भए म पनि जान्थें ।”
Read full story at source (gorkhapatraonline.com)