कृष्णभिरमा सडक खुलाउने काम तीव्र, कहिलेबाट चल्छ सवारी ?
barnanmedia.com · Mon Sep 07 12:45:58 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध सडक खुलाउन मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ । तर सडक पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै ६ देखि ७ दिन लाग्ने अनुमान गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले कृष्णभिरमा ९ वटा ठूला मेसिन परिचालन गरी काम भइरहेको छ । सडक मर्मतका लागि ६ वटा एक्स्काभेटर, एक बुल्डोजर, एक लोडर र एक जेसिबी प्रयोग गरिएको छ ।
Read full story at source (barnanmedia.com)