बालेनमाथि दबाब बढाउने रणनीतिमा भारत
shilapatra.com · Mon Jun 15 14:12:59 GMT 2026

१८ जेठ २०८३ मा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रबाट एउटा समाचार आयो– भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले निर्माणाधीन तटबन्धमा काम रोक्न निर्देशन दियो । यो समाचार त्यस दिन यसरी पनि चर्चामा आयो कि अघिल्लो दिन मात्रै प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संसदको रोस्ट्रमबाट ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भन्ने जवाफ दिएका थिए । प्रधानमन्त्री बालेनका आलोचकका लागि एसएसबीको सुस्ता क्षेत्र प्रवेश गतिलो मसला बन्यो ।
त्यस दिन एसएसबीले सीमास्तम्भ रहेको तथा दुवै देशले दाबी गर्ने क्षेत्र भन्दै १३२ मिटर क्षेत्रमा तत्काल भौतिक संरचना निर्माण नगर्न आग्रह गरेको थियो । नारायणी नदीको कटानबाट सुस्ता क्षेत्रलाई जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले तटबन्ध बनाइरहेको छ । त्यही तटबन्ध रोक्नुपर्ने एसएसबीको तर्क थियो । किनभने यो क्षेत्र भारतीय भूमि हो भन्ने उसको तर्क छ । हुन पनि भारत र नेपालबीच सीमा विवादमा प्रमुख स्थानमध्ये एउटा सुस्ता पनि हो ।
Read full story at source (shilapatra.com)