जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
barnanmedia.com · Mon Jul 06 23:48:33 GMT 2026

कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ । कार्यालयले तिला गाउँपालिका-४ मा रु १४ लाख २८ हजार अनुदान रकम र तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरिएको हो ।
पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक सयभन्दा बढी किसान लाभान्वित भएका कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिका-१ मा रु १४ लाख ४० हजार अनुदानमा पक्की कुलो निर्माण सम्पन्न भएको छ । खेतमा कृषि सिँचाइ पक्की कुलो निर्माण भएपछि उक्त वडाका करिब ४२५ जना लाभग्राहीलाई सहज भएको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)