नेपाल र नेशनल मेडिकल कलेजबाट ७५ लाख सहयोग
corporatenepal.com · Mon Sep 07 13:27:40 GMT 2026

काठमाडौं । नेपाल मेडिकल कलेज र विरगञ्जको नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट, धादिङका बाढीपिडित परिवारको लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारी नेतृत्वको टीमले अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका हुन् । रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपियाँ जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताइन् ।
Read full story at source (corporatenepal.com)