यूटीएलको लाइसेन्स नवीकरणः प्राधिकरण र मन्त्रालयले जोखिम मोलेनन्, मन्त्रिपरिषदले के गर्ला ?
corporatenepal.com · Mon Sep 07 13:39:51 GMT 2026

काठमाडौं । निकै पेचिलो बनेको युनाइटेड टेलिकम लिमिटेडको लाइसेन्स नवीकरणमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र सूचना तथा सञ्चार मन्त्रालय जोखिम मोल्न तयार नभएपछि अब अन्तिम प्रयास मन्त्रिपरिषद् मात्रै बाँकी रहेको छ ।
प्राधिकरण र सञ्चार मन्त्रालयका कर्मचारीले लाइसेन्स नवीकरणसम्वन्धीमा यूटीएलको तर्फबाट आएको प्रस्तावमा कुनै पनि निर्णय गर्न तयार नभएपछि मन्त्रिपरिषदले मात्रै विशेष निर्णय गर्नसक्ने ठाउँ बाँकी रहेको छ । उक्त कम्पनीको आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स नवीकरणको म्याद भदौ १९ सम्म मात्रै रहेको थियो । भदौ १९ र २० सार्वजनिक विदा भएकाले आज सोमबार कुनै निर्णय हुनसक्ने आशा गरिएको थियो । तर साँझसम्म लाइसेन्स नवीकरणसम्वन्धी कुनै निर्णय भएको छैन ।
Read full story at source (corporatenepal.com)