भोटेकोशी बाढी : २८ शिक्षक र ५०० बढी विद्यार्थी सम्पर्कविहीन, १० हजारभन्दा बढी प्रभावित
nepalpress.com · Mon Sep 07 13:52:56 GMT 2026

काठमाडौँ । भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका छन् । शिक्षा मन्त्रालयले गरेको द्रुत सर्वेक्षणअनुसार बाढीबाट १० हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।
मन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण विद्यालयको पठनपाठन, भौतिक संरचना र विद्यार्थीको नियमित अध्ययनमा समेत असर परेको छ । प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीको अवस्थाबारे थप विवरण सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
Read full story at source (nepalpress.com)