ट्रम्पलाई किमको कडा काउन्टर, सैन्य अभ्यासकै दिन समुद्रमा उतारे आणविक क्षमतायुक्त युद्धपोत !
barnanmedia.com · Mon Sep 07 13:41:22 GMT 2026

अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले आफ्नो दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक ‘काङ कोन’लाई औपचारिक रूपमा सेवामा प्रवेश गराएको छ। उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा वोनसनमा आयोजित समारोहबाट उक्त युद्धपोत नौसेनामा समावेश गरिएको हो।
करिब ५ हजार टन क्षमताको ‘काङ कोन’लाई उत्तर कोरियाले आणविक क्षमतायुक्त क्षेप्यास्त्र प्रणालीसँग जोडिएको रणनीतिक युद्धपोतका रूपमा प्रस्तुत गरेको छ। किमले समुद्री क्षेत्रबाट पनि देशको प्रतिरोध क्षमता बलियो बनाउन आवश्यक रहेको बताएका छन्।
Read full story at source (barnanmedia.com)