भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि
nepallive.com · Mon Sep 07 13:56:53 GMT 2026

काठमाडौं –भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटको स्थलगत अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले उद्धार तथा राहत व्यवस्थापनमा कमजोरी नै कमजोरी रहेको औंल्याएको छ।
आयोगका सदस्य डा. लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले गरेको अनुगमनका क्रममा प्रभावित क्षेत्रमा खानेपानी, विद्युत् र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाको अभाव देखिएको जनाएको छ। त्यस्तै, उद्धार कार्यमा आवश्यक विज्ञ जनशक्तिको कमी, सुरक्षाकर्मीको न्यून उपस्थिति र उद्धार सामग्रीको अभावसमेत पाइएको आयोगले जनाएको छ।
Read full story at source (nepallive.com)