बाढीले मनास्लु पदमार्ग अवरुद्ध: दुई पुल बगाएपछि लार्केपास यात्रामा रोक
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण प्रसिद्ध मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आज बिहान आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले पुल बगाएपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा पूर्ण रोक लगाएको छ। प्रशासनले यात्राको तयारीमा रहेका वा बाटोमा रहेका सबै देशी-विदेशी पर्यटक तथा यात्रुहरूलाई सुरक्षित स्थानमा रहन र अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ। बाढीबाट हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको सहायक प्रजिअ शर्माले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)