देवीघाटस्थित तादी खोलामा एक्रोब्रिज जडान तीव्र, पाँच दिनभित्र सञ्चालनको लक्ष्य
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानको काम तीव्र पारिएको छ।
भोटेकोशी नदीको बाढीको बहाव तादी खोलामा पसेर सो क्षेत्रका दुईवटा पक्की पुलमा क्षति पुर्याएपछि नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क पुनस् जोड्न यो पुल निर्माण थालिएको हो। नेपाली सेनाको श्री १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको यो पुल आगामी पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए।
Read full story at source (hamrakura.com)