उपत्यकामा बढ्यो पहिरोको जोखिम [तस्बिरहरू]
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने र जमिन चर्किने समस्या देखिएको छ।
लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै जाँदा पहिरोको जोखिम बढेको हो। सडक तथा बस्ती आसपास पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन्। वर्षा जारी रहेकाले थप पहिरो जान सक्ने भन्दै स्थानीयमा त्रास कायमै छ।
Read full story at source (hamrakura.com)