केनाइनसहित हराइरहेकाहरूको खोजी
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित नुवाकोट जिल्लामा खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ। बाढी आएको ११ दिनपछि गत शनिबार विदुर नगरपालिका–१० वेत्रावतीबाट ६४ वर्षीया एक महिलाको सकुशल उद्धार भएपछि खोजीकार्यमा नयाँ आशा जागेको छ।
शनिबार नै विदुरमा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सञ्चारमन्त्री तथा नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार थप सफलता प्राप्त गर्न सकिने आशाका साथ खोजतलास अभियानलाई अझ प्रभावकारी बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)