स्पेनसँगको हारले बाहिरियो पोर्चुगल, रोनाल्डो गोलविहीन
himalpress.com · Tue Jul 07 00:37:58 GMT 2026
काठमाडौँ- मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको हो। लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्।
खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाएस डानी ओल्मोको पासमा वान-अन-वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।
Read full story at source (himalpress.com)