भोटेकोशी बाढी: प्रधानमन्त्रीले सार्वजनिक गरे १३औं दिनको रिपोर्ट, विद्युत् आयोजनामा खोजी जारी, ७ जनाको शव र ३ जनाको उद्धार
nepallive.com · Mon Sep 07 14:09:53 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यबारे १३औं दिनसम्मको रिपोर्ट दिएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित मित्रराष्ट्रका विशेषज्ञ टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोजीलाई निरन्तरता दिएको जानकारी दिएका छन्।
उनले रसुवागढी जलविद्युत् आयोजनामा बाढी आएको दिनदेखि खोजी सुरु गरिए पनि कठिन भौगोलिक अवस्था र हेलिकप्टर अवतरण गर्न नसक्दा समस्या भएको बताएका छन् । प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म कोही फेला परेको छैन। मिनी एस्काभेटर प्रयोग गरी खोजी जारी छ।
Read full story at source (nepallive.com)