बालेनलाई बाबुरामको आग्रह- ऐतिहासिक आर्थिक रोगको दिगो निदान खोज्नुस्
onlinekhabar.com · Mon Jun 15 14:58:29 GMT 2026

१ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आर्थिक क्षेत्रमा गम्भीर संरचनात्मक सङ्कट देखापरेको भन्दै नयाँ पुस्ताका नेताहरूलाई यसको दिगो निदान खोज्न आग्रह गरेका छन्।
युवा बाहुल्य संसद र सरकारलाई लक्षित गर्दै डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्त आग्रह गरेका हुन् । उनले निर्यातमा भारतको अवरोधपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा र अघिल्लो वर्षभन्दा १२० उद्योग कम दर्ता हुनुलाई देशको गम्भीर आर्थिक सङ्कटको सङ्केत भनेका छन्।
Read full story at source (onlinekhabar.com)