सुकौरा खोलामा ५५ वर्षीया महिला मृत फेला
nagariknews.nagariknetwork.com · Mon Sep 07 14:08:11 GMT 2026

मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा खोलामा एक महिलाको शव फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं-७ सुकौरा बस्ने सोमबहादुर थिङकी ५५ वर्षीया श्रीमती लाली माया थिङ खोलाको पानीभित्र मृत अवस्थामा भेटिएकी हुन्।
सोमबार दिउँसो करिब ४ बजे आफ्नै घरबाट करिब २०० मिटर पश्चिम रहेको सुकौरा खोलामा उनको शव स्थानीयले देखेका थिए। घटनाको जानकारी दिउँसो ४:२० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक धर्मेश कुमार यादवको कमाण्डमा घटनास्थल जाँच प्रविधिसहितको टोली घटनास्थलतर्फ खटिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)