राहत, पुनःस्थापना र पुनः निर्माणलाई प्रभावकारी बनाउन ओलीको सुझाव
himalpress.com · Mon Sep 07 14:13:22 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका दिन सोमबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताए।
Read full story at source (himalpress.com)