तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन
gorkhapatraonline.com · Fri Aug 28 08:35:11 GMT 2026

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।
उहाँले प्रभावितको पुनः स्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिनुभएको छ । सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्था गर्नुभएको हो । बैठकको सुरुआतमा सीसहित नेताले बुधबार गाइरोङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीडितप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)