सीटीईभीटीका डिप्लोमा तहका सम्पूर्ण परीक्षा स्थगित
ratopati.com · Mon Sep 07 14:24:53 GMT 2026

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालयले देशैभर सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
सोमबार सीटीईभीटीले सूचना जारी गर्दै भदौ २३ गते बिहान ७ बजेदेखि मुलुकभरका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने तय भएका वार्षिक तथा सेमेस्टर प्रणालीका नियमित र आंशिक परीक्षाहरू विशेष परिस्थितिका कारण स्थगित गरिएको हो।
Read full story at source (ratopati.com)