जारी विश्वकपमा एक गोल पनि नखाएको स्पेन पुग्यो क्वार्टरफाइनलमा
corporatenepal.com · Tue Jul 07 01:03:28 GMT 2026
काठमाडौं । जारी विश्वकपमा एक गोल पनि नखाएको स्पेन क्वार्टरफाइनलमा पुगेको छ । अमेरिकाको डलास स्टेडियममा सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले हरायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय दोस्रो हाफको इन्जुरी समयमा भएको एकमात्र गोलले गर्यो ।
स्पेनका लागि मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । त्यही गोल स्पेनलाई अन्तिम आठमा पुर्याउन पर्याप्त बन्यो । खेलभर स्पेनले बल नियन्त्रण, आक्रमण निर्माण तथा गोलतर्फका प्रहारमा पोर्चुगलमाथि स्पष्ट दबाब कायम राखेको थियो। पराजयसँगै पोर्चुगलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ। यसअघि २०२२ को संस्करणमा भने पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो।
Read full story at source (corporatenepal.com)