मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघका प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्ता
baahrakhari.com · Mon Sep 07 14:42:36 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल भएको थियो । छलफलमा हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय र उत्थानशील विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (baahrakhari.com)