उखु किसानका दुई अर्ब रकम भुक्तानी
lokaantar.com

महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ । जम्मा उखुको मूल्यबापत हुने रु एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ मध्ये रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।
Read full story at source (lokaantar.com)