एक गोल नखाई स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्दा बने यस्ता कीर्तिमान
ratopati.com · Tue Jul 07 01:32:44 GMT 2026
कामठाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। अतिरिक्त समयको पहिलो मिनेटमा वैकल्पिक खेलाडी मिकल मेरिनोले गरेको एकमात्र गोल स्पेनको जितका लागि निर्णायक बन्यो।
मेरिनो ८५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए र मैदान छिरेको मात्र ६ मिनेटमै गोल गर्दै स्पेनलाई अन्तिम आठमा पुर्याए। उनको गोलका लागि ७५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले उत्कृष्ट पास उपलब्ध गराएका थिए।
Read full story at source (ratopati.com)