दरवाङको सडक १९ वर्षपछि कालोपत्र हुँदै
onlinekhabar.com · Tue Jul 07 01:31:04 GMT 2026

२३ असार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र मानिने दरवाङमा विसं २०६४ मा सडक पुगेको थियो । रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
Read full story at source (onlinekhabar.com)