मंगलबार अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले भदौ २३ गते मङ्गलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
Read full story at source (hamrakura.com)