बाढी प्रभावित क्षेत्रमा खोजी कार्य जारी छ: प्रधानमन्त्री शाह
nepalnews.com · Mon Sep 07 15:06:23 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्यमा सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्। भदौ १० गते रसुवागढीको उत्तरपूर्वमा रहेको लाङटाङ हिमालमा गएको हिमपहिरोले निम्त्याएको आकस्मिक बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति भएको थियो।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा पनि निरन्तर उद्धार कार्य जारी राखेको छ। खोजी कार्यलाई तीव्रता दिन भारत, चीन र कोरियालगायतका मित्र राष्ट्रहरूबाट आएका विशेषज्ञ टोलीहरूले समेत सहयोग गरिरहेका छन्।
Read full story at source (nepalnews.com)