कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
kendrabindu.com · Tue Jul 07 01:48:10 GMT 2026

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि दुई जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् ।
Read full story at source (kendrabindu.com)