विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूको शान्तिका लागि हुने विशेष पूजामा सहभागी हुन धर्मगुरु रिन्पोछेको आग्रह
lokaantar.com

रसुवा, नुवाकोट, धादिङ र केरुङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको आत्माको शान्तिका लागि काठमाडौँको बौद्ध स्तूपमा तीन दिने विशेष पूजा आयोजना हुने भएको छ । विश्व शान्ति धाम लुम्बिनी र युनिभर्सल पीस स्यान्क्चुअरी फाउन्डेसनको आयोजनामा भदौ २९, ३० र ३१ गते (सेप्टेम्बर १४, १५ र १६) यो कार्यक्रम हुन लागेको हो ।
धर्मगुरु श्याल्पा रिन्पोछेको नेतृत्वमा हुने यस कार्यक्रममा मृतकहरूको 'चित्त शान्ति' र उनीहरूको चेतनाले सही मार्ग पहिल्याओस् भनी सामूहिक प्रार्थना, मैनबत्ती प्रज्वलन र विशेष अनुष्ठान गरिनेछ ।
Read full story at source (lokaantar.com)