वालेन्द्रका मन्त्रीहरूको ‘बेलगाम’ बोली
himalpress.com · Mon Jun 15 16:16:11 GMT 2026

काठमाडौँ- नागढुंगा-मुग्लिङ सडक योजनाको निरीक्षण गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिए। आइतबार सडक योजनाको निरीक्षण गर्न गएका मन्त्री लम्सालले आक्रोशित भएर भने, ‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्ट कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’
उनले ठेकेदारहरूलाई राम्ररी काम लगाउनुपर्ने बताए। ‘यिनीहरूले चाँडैभन्दा चाँडै पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पायो। उनीहरूलाई काम लगाउनपर्यो राम्रोसँग’, उनले भने। मन्त्री लम्सालले यसो निर्देशन दिइरहँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का त्यहीँ थिए।
Read full story at source (himalpress.com)