भोटेकोसी बाढी प्रभावितका लागि एक अर्बको छात्रवृत्ति योजना
nepalnews.com · Mon Sep 07 15:30:55 GMT 2026

काठमाडौँ। सरकारले भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षा सुनिश्चित गर्न करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको उक्त कार्यक्रमले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार विद्यार्थीलाई समेट्ने लक्ष्य राखेको छ।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त योजना सार्वजनिक गरेका हुन्। मन्त्रालयका अनुसार प्रभावित विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायतका सुविधा उपलब्ध गराइनेछ। छात्रवृत्ति वितरण गर्दा बाढीका कारण विद्यालय जान नसकेका, आर्थिक रूपमा कमजोर, परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका बालबालिकालाई प्राथमिकता दिइनेछ।
Read full story at source (nepalnews.com)