कारागारबाटै लागूऔषध सञ्जाल सञ्चालनको आशंका, १७ हजार ४ सय ट्रामाडोलसहित २ जना पक्राउ
bishowkhabar.com · Mon Sep 07 15:33:52 GMT 2026

ललितपुर- कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरानका ३४ वर्षीय सुरेन राई र ललितपुरका ३२ वर्षीय सुजित देउला छन्। उनीहरूबाट ५८ बक्समा राखिएको ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा होन्डा डिओ स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (bishowkhabar.com)