ग्लोबल आइएमई बैङ्कको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
hamrakura.com · Thu Jun 04 00:00:00 GMT 2026
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैङ्कहरूबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रालिका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागी बैङ्कहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
Read full story at source (hamrakura.com)