भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला
khabarhub.com · Mon Sep 07 15:36:03 GMT 2026

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।
हालसम्म ९८ वटा शव सनाखत भई परिवारले बुझेकी प्रवक्ता शान्ति महतले जानकारी दिए । सनाखत हुन बाँकी रहेका शवका लागि डिएनए परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमूना दिन सकिने उहाँले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
Read full story at source (khabarhub.com)