चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
nepallive.com · Mon Sep 07 15:41:05 GMT 2026

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ब्रह्माण्डका रहस्यमय पक्ष डार्क म्याटर र डार्क इनर्जीको अध्ययन गर्न ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा पठाएको छ। फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको यो टेलिस्कोप पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको ‘एल टु’ क्षेत्रमा पुग्नेछ।
प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण खोल्ने र प्रारम्भिक परीक्षण भइरहेको नासाले जनाएको छ। एल टु पुगेपछि टेलिस्कोप पूर्ण रूपमा सक्रिय भएर डार्क इनर्जी, बाह्य ग्रह र तारापुञ्जको अध्ययन सुरु गर्नेछ।
Read full story at source (nepallive.com)