राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
shilapatra.com · Thu Jun 04 08:47:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले नयाँ पार्टी गठनको औपचारिक घोषणा गरेका हुन् ।
यसअघि उनले विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग हुने निर्णय सार्वजनिक गरेका थिए । राणासँगै राप्रपाका केही नेता तथा कार्यकर्ताले पनि पार्टी परित्याग गरी नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका छन् ।
Read full story at source (shilapatra.com)