क्रिकेट अस्ट्रेलियाको सहानुभूति सन्देश, युनिसेफमार्फत सहयोगको अपिल
onlinekhabar.com · Fri Aug 28 08:43:21 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ । बोर्डले सामाजिक सञ्जालमार्फत नेपाल र बाढीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको हो ।
क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलिया को नेपाल आपत्कालीन राहत अभियान मा सहयोग गर्न पनि अपिल गरेको छ । उक्त अभियानमार्फत प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदै छ ।
Read full story at source (onlinekhabar.com)