अनधिकृत रुपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
himalpress.com · Fri Aug 28 08:49:48 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो।
Read full story at source (himalpress.com)