हिमालयन बुलियनको बाढीपीडितलाई १ करोड १ लाख सहयोग
aarthiknews.com

काठमाडौं । भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार थप ८० लाख रुपैयाँसहित कुल १ करोड १ लाख रुपैयाँ सहयोग गर्न लागिएको हो। थप रकमको चेक कम्पनीका प्रतिनिधिले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
Read full story at source (aarthiknews.com)