इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन
barnanmedia.com · Mon Sep 07 15:56:36 GMT 2026

काठमाडौँ, २२ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवङ्गत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल उद्धारको कामना गरिएको हो ।
नेपाल सरकारले भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवङ्गत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकका साथै कर्तव्यपालनाको सिलसिलामा दिवङ्गत हुनुभएका नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । बेपत्ताको सकुशल उद्धारको कामनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)