चुनदेवीबाट कांग्रेस इतर पक्ष सक्रिय
annapurnapost.com · Tue Jul 07 02:42:12 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ । संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै राजनीतिक गतिविधिलाई तीव्र बनाएको छ भने पार्टी एकताको पहल जारी राख्ने प्रतिबद्धतासँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत अघि बढाएको छ ।
सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवीस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेपछि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकमा विशेष महाधिवेशनयता भएका राजनीतिक घटनाक्रम, संस्थापन पक्षसँग भएका संवाद, आगामी महाधिवेशनको तयारी तथा पार्टीभित्रको एकताबारे विस्तृत छलफल भएको थियो ।
Read full story at source (annapurnapost.com)