एनभीएल : प्रतिस्पर्धात्मक खेलमा कर्णालीले सगरमाथालाई हरायो
ratopati.com · Mon Sep 07 16:43:56 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार तेस्रो खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो ।
कर्णाली २५–१६,२३–२५,२५–२३, १९–२५ र १५–९ को सेटमा विजयी भयो । यसअघि आजै भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्स ३–१ को सेटमा हरायो । अन्नपूर्ण २५–१६, २९–३१, २५–२२ र २५–२१ को सेटमा विजयी भयो ।
Read full story at source (ratopati.com)