देउवापुत्र जयवीरलाई एक साताभित्र बयानका लागि हाजिर हुन निर्देशन
nagariknews.nagariknetwork.com · Tue Jul 07 03:14:19 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साताभित्र विभागमा उपस्थित हुन पत्र काटेको छ।
विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको निवासमा सूचना टाँस गर्दै जयवीरलाई उपस्थित हुन भनेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा जयवीरसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा हाजिर हुन विभागले निर्देशन दिएको छ। विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सो सूचना जारी गरेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)