गोली लोड रहेको कटुवा पेस्तोलसहित पक्राउ
nepalpress.com · Tue Jul 07 03:19:58 GMT 2026

काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–५ झाझपुलमा गरुडा नगरपालिका–९ गम्हरिया बिर्ताका ४२ वर्षीय सदरे आलम कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा उनको शरीर खानतलासी गर्दा कमरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोल फेला परेको हो ।
Read full story at source (nepalpress.com)