नेपालमा उद्धार तथा राहतबारे भारतमा उच्चस्तरीय छलफल
ratopati.com · Fri Aug 28 08:54:04 GMT 2026

काठमाडौँ । तिब्बतबाट नेपालमा आएको बाढीपछि जारी उद्धार तथा राहत प्रयासबारे भारतमा उच्चस्तरीय छलफल भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भइरहेका उद्धार तथा राहत कार्यबारे शुक्रबार छलफल गरिएको जानकारी दिए।
जयशंकरका अनुसार काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएका छन्। त्यसैगरी, भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा पठाइने थप राहत सामग्रीबारे पनि जानकारी गराएको उनले बताएका छन्। जयशंकरले रसुवा बाढी तथा त्यसबाट प्रभावित भारतीय नागरिकको विषयलाई भारत सरकारले ‘उच्चतम प्राथमिकता’ दिएको बताए।
Read full story at source (ratopati.com)