सुदूरपश्चिमको बजेट किचलो सुल्झिएन, अप्ठ्यारोमा पर्दै मुख्यमन्त्री
annapurnapost.com · Tue Jul 07 03:21:29 GMT 2026

धनगढी : असार १ गते मध्यराति १२ : ४५ बजे प्रदेश सभामा प्रस्तुत गरिएको सुदूरपश्चिमको बजेट २२ दिनसम्म पनि संसद्मा टेबुल हुन सकेको छैन। गठबन्धनका दलहरू भित्रमात्रै होइन, मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रालय सम्हालेको कांग्रेसभित्रै पनि बजेटका बारेमा चरम असन्तुष्टि देखिएपछि बजेट टेबुल हुन नसकेको हो।
सामान्यतः सदनमा बजेट प्रस्तुत भएकै दिन वा केही गरी ढिलो भए भोलिपल्ट बजेट टेबुल हुने प्रावधान छ। बजेट टेबुल भएपछि प्रदेश सभाका सदस्यहरूलाई कार्यक्रम पुस्तिकाको पेनड्राइभ, विनियोजन विधेयक र अर्थ विधेयक अध्ययनका लागि दिने प्रचलन रहेको छ। तर यसपालि २२ दिनसम्म पनि प्रदेश सभा सदस्यहरूले न पेनड्राइभ पाएका छन्, न विनियोजन विधेयक र अर्थ विधेयकको कपी नै।
Read full story at source (annapurnapost.com)