हतारमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने रोनाल्डोको दाबी
kendrabindu.com · Tue Jul 07 03:28:07 GMT 2026
काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम–१६ बाटै टुंगिएको छ । स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिनेबारे भने तत्काल निर्णय नगर्ने बताएका छन् ।
डलासमा सोमबार भएको खेलमा इन्जुरी समयको अन्तिम क्षणमा मिकेल मेरिनोले गरेको गोलले स्पेनलाई क्वाटरफाइनलमा पुर्याएको थियो । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले स्पेनले ‘थोरै भाग्य’को साथ गोल गरेको टिप्पणी गरे ।
Read full story at source (kendrabindu.com)