पृथ्वी राजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात सञ्चालन
nepalnews.com · Mon Sep 07 17:08:54 GMT 2026

काठमाडौँ । धादिङस्थित पृथ्वी राजमार्गको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमा थुप्रिएको अवरोध हटाउने कार्य सम्पन्न भएपछि सोमबार साँझदेखि सवारी साधनहरू दुईतर्फी रूपमा सञ्चालन हुन थालेका हुन्। लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि स्थानीय बासिन्दा र यात्रुलाई आवतजावतमा सहज भएको छ।
Read full story at source (nepalnews.com)