भोटेकोशी बाढी: तेह्रौँ दिन पनि खोज तथा उद्धार कार्य जारी
ratopati.com · Mon Sep 07 17:11:52 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढी गएको आज (सोमबार) तेह्रौँ दिन । सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ । बाढीबाट ठुलो जनधनको क्षति भएको छ । त्यसका अलावा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ ।
खोजका क्रममा भारत, चीन र गणतन्त्र कोरियाका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार संयुक्त अरब इमिरेट्स र मलेसियाका टोली पनि खोज तथा उद्धारमा सहभागी भएका छन् ।
Read full story at source (ratopati.com)